Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरलाई धितोपत्र बोर्डले दियो ४०% हकप्रद जारी गर्ने अनुमति

अर्थ संसार

विहीबार, ०७ असार २०८०, ०७ : ४४ मा प्रकाशित

अपि पावरलाई धितोपत्र बोर्डले दियो ४०% हकप्रद जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अपि पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल रहेको कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो । यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने जानकारी दिएको छ।  

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको