आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालको प्रतिस्पर्धा पूर्व विश्व च्याम्पियन वेष्टइन्डिजसँग हुदैँछ।
दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग आज हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा खेल सुरु हुनेछ।
वेष्टइन्डिजले १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गर्दै र इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गर्दै आइसीसी एकदिवसीय विश्वकपको वेष्टइन्डिज च्याम्पियन बनेको थियो।
तेस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको छ । सन् २०१२ र २०१६ विश्व च्याम्पियन बनेको थियो।
नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन्। नेपालले जिम्बावे संगको खेलमा पराजय भोग्नु पर्यो भने अमेरिकासंग जित हासिल गर्न सफल बन्यो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस