रिलायन्स फाइनान्स लिमिटेडले १३ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेह्रौं वार्षिक साधारण सभा असार ३१ गते गर्ने भएको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराही काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ६.८४ प्रतिशत लाभांशलाई स्वीकृति गर्नेछ । जसमा ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाको शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश रहेको छ । सभाले बोनस शेयर वितरणपछि जारी पूँजी र चुक्तापूँजी बढ्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले सञ्चालक समितिमा प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस