रिलायन्स फाइनान्सको १४औँ वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंमा बस्दैछ।
बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांकेटमा तय भएको साधारणसभा बिहान ११ बजेबाट सुरु हुनेछ।
रिलायन्सले यसपटक लाभांशसम्बन्धी एजेण्डा समावेश गरेको छैन। तर, आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने जनाइएको छ। त्यस्तै, आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिने भएको छ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ भदौ ६ गते बुक क्लोज गरिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस