Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १५ : ४६ मा प्रकाशित

रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

रिलायन्स फाइनान्सले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले भदौ २० गते, विहिवार अनुपम फुड ल्याण्ड एण्ड व्याक्वेट प्रा. लि., बत्तीसपुतली, गौशाला, काठमाण्डौमा दिनको ११ बजे चौधौ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक सेयरमा लगानी गर्ने, बुक बिल्डिङ समेतको कार्य गर्ने व्यवस्था थप गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पारित गरिनेछ ।  

यसैगरी आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको