Like us!
Follow us!
Connect us!
Watch us!

बालेनविरुद्धको मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १२ : १३ मा प्रकाशित

बालेनविरुद्धको मुद्दा न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धिको मुद्दामा सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।

गत आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको थियो ।

भारतीय चलचित्र प्रर्दशनमा रोक नलगाउन उच्च अदालत पाटनले दिएको आदेश अवज्ञा गरेर अदालतको अवहेलना गरेको जिकिरसहित मेयर बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको