Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन?

अर्थ संसार

बुधबार, १३ असार २०८०, १२ : ०० मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन?

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३ सय ३४ रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (बुधबार) बिहान १०ः५ मिनेटसम्म १९ हजार ८०३ जनाले १६ लाख २७ हजार ४ सय कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्त आइपीओमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको