प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी परियोजनाको शिलान्यास असारभित्रै हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयकमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले यसै महिना कार्यालय स्थापना र परियोजनको शिलान्यास हुने जानकारी प्रतिनिधिसभा बैठकमा गराए । ‘यसै महिनाभित्र बुढीगण्डकी परियोजनालाई अघि बढाउनका लागि कार्यालय उद्घाटन गर्ने र शिलान्यस गर्ने भन्ने विषयमा सम्बन्धित अधिकारीलाई भनेको छु‚’ दाहालले भने, ‘बुढीगण्डकी परियोजना सञ्चालनको नयाँ कार्यालयको उद्घाटन यसै महिना हुन्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस