Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, १३ असार २०८०, १५ : १९ मा प्रकाशित

हिमालयन लाइफमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयर बजार घटेको छ। अघिल्लो दिन हाफ सेञ्चरी पार गरेको सेयर बजार आज ३५.३७ अंकले घटेर २१५०.९९ को बिन्दुमा कायम भएको हो । सेयर बजारमा भारी अंकले गिरावट आँउदा पनि आज दोस्रो बजारमा हिमालयन लाइफको सर्वाधिक सेयर खरिदबिक्रि भएको हो।

कम्पनीको आज ८३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ। त्यस्तै, लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्टस्को सेयर पनि आज सर्वाधिक खरिद बिक्रि भएको छ।

त्यस्तै, सोल्टि होटल, एशियन लाइफ, आइएमई प्रुडेन्सियल इन्स्योरेन्स, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन डिष्टलरी, नागरिक लगानी कोष, नेपाल लाइफ र सूर्या ज्योति लाइफको आज सर्वाधिक सेयर खरिद बिक्रि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको