Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १२ : ३१ मा प्रकाशित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा सम्पन्न भएको हो । 

सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ। यससँगै अब सेयरधनीले लाभांश प्राप्त गर्ने भएका छन्। साथै बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ। 

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्गिएको छ।

आव ०७९/८० मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको कम्पनीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको