हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.७३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै ,चालू आवमा कम्पनीको कुल आम्दानी पनि बढेको छ । दोस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
यसैगरी कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि यो अवधिमा ६.९१ प्रतिशतले बढेको छ। यो अवधिमा कम्पनीको यस्तो आम्दानी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी ११.२५ प्रतिशतले बढेर १२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी पनि ०.७५ पैसाले बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस