हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश सेयर प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
बोनस सेयरमा लाग्ने कर बापतको रकम भने स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्नेछ । प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस