Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्मित मौका, छुट्नुहोला !

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, ११ : ५१ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्मित मौका, छुट्नुहोला !

आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ४४ करोड ११ लाख ७३ हजार ८०२१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो ।

सीडीएसका अनुसार आज शुक्रबार बिहान ११ः०६ मिनेटसम्म २३ हजार ३ सय १२ जनाले १८ लाख ६२ हजार २ सय कित्ताका लागि आवेदन दिएका छन् ।

आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको