Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १४ : १६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख बत्तिस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ र बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगयतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ ।

एक समारोहका बीच बैंकले एक लाख बत्तिस हजार रुपैयाँको चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समिक्षा शर्मा लाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी  गराएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको