Like us!
Follow us!
Connect us!
Watch us!

श्री एयरलाइन्सले भित्र्यायो थप दुई जहाज

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १४ : २४ मा प्रकाशित

श्री एयरलाइन्सले भित्र्यायो थप दुई जहाज

आन्तरिक हवाईसेवा प्रदायक श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ ।

कम्पनीले दुईवटा अत्याधुनिक ड्यास क्यु-४०० विमान उडान फ्लिटमा थप गरेको हो । ती विमानहरु आज काठमाडौँ अवतरण गरिसकेको कम्पनीले जनाएको छ । अहिले चार विमानबाट देशका चार गन्तव्यलगायत पर्यटकीय चार्टर्ड उडान गरिरहेको कम्पनीले अब ६ जहाजबाट हवाईसेवा प्रदान गर्ने भएको हो ।

उक्त जहाजहरु अमेरिकाबाट कम्पनीका पाइलट उडाएर नेपाल ल्याएको जनाइएको छ । जहाजहरुले ९एन- एओल र ९एन- एओके कलसाइन पाएका छन् । ८० सिट क्षमताका ती विमानबाट प्रक्रिया पूरा गरि छिट्टै नै उडान शुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको