Like us!
Follow us!
Connect us!
Watch us!

श्री एयरलाइन्सले धोखाधडी गरेको र्यापर "लाहुरे" को आरोप

अर्थ संसार

आइतबार, २१ असोज २०८०, १५ : ३६ मा प्रकाशित

श्री एयरलाइन्सले धोखाधडी गरेको र्यापर "लाहुरे" को आरोप

र्यापर आशिष राना "लाहुरे" ले श्री एयरलाइन्सलाई धोखाधडी गरेको आरोप लगाएका छन् ।

उनले आइतबार एक फेसबुक स्टाटसमार्फत श्री एयरलाइन्ससँग भएको घटना उल्लेख गरेका हुन् । रानाका अनुसार उनले असोज ९ गते पोखराबाट काठमाडौं जानका लागि श्री एयरलाइन्सको साढे ८ बजेको टिकट काटेका थिए । तर एयरलाइन्स कम्पनीले दुई घन्टा पहिले फोन सम्पर्क गरेर कहराब मौसमका कारण एयरपोर्ट बन्द रहेको झुटो खबर दिएको रानाले बताएका छन् ।

मौसमको कारण देखाए पनि दिन घमाइलो रहेको हुँदा आफूलाई शंका लागेको र त्यसपछि अन्य विकल्प हेर्दै जाँदा विमानस्थलमा विमान ल्यान्ड गरिरहेको जानकारी पाएको उनले लेखेका छन् । त्यसपछि श्री एयरलाइन्सको अफिस मै पुगेर बुझ्दा रानाले अकुपेन्सीका कारण उडान नगरिएको जानकारी पाएको उल्लेख गरेका छन् ।

रानाले लेखेका छन्, "अकुपेन्सी कम हुँदा एयरलाइन्सले गन्तव्य सिफ्ट गरेका रहेछ । त्यसपछि मैले रिफन्ड माग्दा त्यहाँका ग्राउन्ड स्टाफले अभद्र व्यवहार गरे ।" उनले एयरलाइन्स कम्पनीले ग्राहकमाथि मोनोपोली व्यवहार गरेको पनि आरोप लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको