Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, १८ असार २०८०, ०८ : ०० मा प्रकाशित

नागरिक लगानी कोषको लाभांस सुरक्षित गर्ने आज अन्तिम मौका

नागरिक लगानी कोष (सीआइटी) को लाभांस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कोषले असार १९ गते बुक क्लोज गर्ने  तय गरिएको थियो । जस अनुसार आज असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

कम्पनीले २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सीआइटीले जनाएको छ । 

कम्पनीले २८ औं वार्षिक साधारण सभा असार ३१ गतेकाबोलाएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको