Like us!
Follow us!
Connect us!
Watch us!

निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्डसहित एनएमबि बैंकले ल्यायो दुइ आकर्षक अफर

अर्थ संसार

सोमबार, १८ असार २०८०, ११ : ५० मा प्रकाशित

निःशुल्क अन्तरबैंक फण्ड ट्रान्सफर र डेबिट कार्डसहित एनएमबि बैंकले ल्यायो दुइ आकर्षक अफर

एनएमबि बैंकले आफ्ना ग्राहकहरुका लागि बैंकिङ अनुभवमा सकारात्मक परिवर्तन ल्याउने उदेस्यले दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरुले भल्ःद्य एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क  रकम ट्रान्स्फर गर्न सक्नेछन् ।

चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर श्रावण मसान्त सम्म लागु हुनेछ ।

साथै एनएमबि बैंकले असार २०८० सम्म आफ्नो ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड समेत जारी गर्ने भएको छ । बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको