Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकमा फर्जी कागज देखाई पौन तीन करोड ऋण लिएको ऋणी प्रकाउ

अर्थ संसार

मंगलबार, १९ असार २०८०, ११ : २६ मा प्रकाशित

एनआइसी एसिया बैंकमा फर्जी कागज देखाई पौन तीन करोड ऋण लिएको ऋणी प्रकाउ

एनआईसी एसिया बैंकको राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँको ऋण लिएको ऋणी प्रकाउ परेका छन् । फर्जी कागज पेस गरी २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोपमा एकजनालाई आरोपितलाई सोमबार पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको हो।

पुर्जीको आधारमा व्यवसायी मोहम सदामलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरीले जनाएको छ। गत माघ २२ गते सो बैंकमा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई स्वीकृत गरेको २ करोड ८० लाख रुपैयाँमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण प्रवाह गरेको पाइएपछि प्रहरी एक्सन लिएको हो ।

बैंकका प्रबन्धक सन्तोषकुमार यादवले बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटरसँग मिलेर राजविराज नगरपालिका–८ का रवीन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण(पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस वडा नं. ७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी खडा गरेका थिए ।

उक्त बैंकबाट राजविराज नगरपालिका–९ घर भएकी आसमा खातुन प्रोप्राइटर रहेको एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत माघमा उक्त परिमाणको ऋण प्रवाह भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको