Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १७ : ३१ मा प्रकाशित

ललिता निवास प्रकरणः पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि पनि जिल्ला अदालतले १३ गते ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सीआईबीले उक्त प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल, देवनारायण महर्जन काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की,  बाबुराज महर्जन, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सोही कार्यालयका कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्कीलाई पक्राउ गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको