Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएकै भोलिपल्टै विदेश उडे माधव नेपाल

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १२ : ०१ मा प्रकाशित

ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएकै भोलिपल्टै विदेश उडे माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्डलगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेता नेपाल आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टर्किस एअरको विमानबाट नेता नेपाल सोमबार बिहान इस्तानबुल हुँदै जेनेभाका उडेको उनको सचिवालयले जनाएको हो । उनी भदौ १ गते स्वदेश फर्किने छन् ।

उनीमाथि ललिता निवास जग्गा प्रकरणमा छानबिन गर्न सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ। उक्त प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै माधव नेपाल विदेश उडेका हुन् । यसले नयाँ तरंग ल्याउने छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको