Like us!
Follow us!
Connect us!
Watch us!

रहेनन् गायक तथा अभिनेता रोविन तामाङ

अर्थ संसार

बुधबार, २० असार २०८०, ०८ : ३६ मा प्रकाशित

रहेनन् गायक तथा अभिनेता रोविन तामाङ

नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङको मंगलबार साँझ निधन भएको छ ।  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका(५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।

अभिनेतासमेत रहेका ६० वर्षीय तामाङ घरमै मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान कार्कीले पुष्टि गरेका छन् । उनका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो । निधनको कारण नखुलेपनि शंकास्पद केही नदेखिएको प्रहरीको भनाई छ ।

रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठिकै छ’ जस्ता कयौँ गीत युवापुस्तामाझ चर्चित छन् ।

एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका उनी पछिल्लो समय फिल्म ‘छड्के २’ मा देखिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको