Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ: वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन पाउने, स्थानीयहरूलाई समय थप

अर्थ संसार

विहीबार, २१ असार २०८०, ०७ : ४८ मा प्रकाशित

अप्पर लोहोरे हाइड्रोपावरको आईपीओ: वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन पाउने, स्थानीयहरूलाई समय थप

अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडको आवेदन खुला रहेको साधारण सेयर (आईपीओ) मा वैदेशिक राेजगारीमा गएका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ भने आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई भने आईपीओ भर्ने समय थप गरिएको छ। अब स्थानीयले भने साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीले जारी पुँजीको १०% अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्ला बासीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको आईपीओको १०% ले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८ सय २४ कित्ता आईपीओ वैदेशिक राेजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्नेछ । 

कति दिने आवेदन ?

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

याे आईपीओमा वैदेशिक राेजगारीमा गएका नेपालीहरूलाई  असार २१ गतेसम्म आवेदन दिन पर्नेछ। समय थप गरिएका स्थानीयहरुले अब  साउन ५ गतेसम्म आवेदन दिन सक्ने छन्। 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।   

रेटिङ कति ?

रेटिङ एजेन्सी केयर नेपालले यो आईपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । 

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रोजेक्ट र लागत 

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना हो।  प्रोजेक्टको प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको