नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले ब्याजदरलाई एकल अंकमा झारेमात्र अर्थतन्त्र चलायमान हुने बताएका छन् । आज काठमाडौँ स्थित एभरेष्ट होटलमा नेपाल उद्योग परिसंघ, नेपला उद्योग वाणिज्य महासंघ र नेपाल च्याम्बर अफ कमर्सले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव पेश गर्न आयोजना गरेको प्रत्रकार सम्मेलनमा उद्योग परिसंघका अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले उत्पादनशील केन्द्रित नीजी क्षेत्रको कर्जा प्रवाहमा जोड दिनुपर्ने विषयमा समेत राष्ट्र बैंकलाई सुझाए । साथै, समग्र बजारलाई उकास्ने नीति अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने समेत उनले औँल्याए । उनले भने, ‘उत्पादनशील केन्द्रित नीजी क्षेत्रको कर्जा प्रवाहमा जोड दिनुपर्छ । समग्र बजारलाई उकास्ने नीति अवलम्बन गर्नुपर्छ । राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
ब्याजदरलाई एकल अंकमा झारेमात्र अर्थतन्त्र मलायामन हुने विश्वास उनले व्यक्त गरे । साथै खुकुलो मौद्रिक नीतिको खाँचो रहेको उनले बताए । ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न लचिलो नीति अवलम्बन गर्न राष्ट्र बैंकलाई उनले सुझाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस