Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रको कार्यक्रममा गभर्नर अधिकारीले छोटो मन्तव्य राख्दा बने हाँसोको पात्र, सहभागीहरु चकित

अर्थ संसार

विहीबार, २१ असार २०८०, १७ : ३४ मा प्रकाशित

निजी क्षेत्रको कार्यक्रममा गभर्नर अधिकारीले छोटो मन्तव्य राख्दा बने हाँसोको पात्र, सहभागीहरु चकित

निजी क्षेत्रले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकदमै छोटो मन्तव्य दिएका छन् । 

आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेका आ.व. २०८०–८१ को मौद्रिक नीतिमा सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले एकदमै छोटो मन्तव्य दिएका हुन् । अपेक्षा गरिएको भन्दा ठिक विपरित ढङ्गले गभर्नरले केही नबोली मन्तव्य सकाउँदा कार्यक्रममा सहभागीहरु चकित नै परे ।

उनको निकै छोटो मन्तव्यले कार्यक्रममा एकछिन हाँसो नै गुञ्जिएको थियो । गर्भनर अधिकारीले सामान्य अभिवादन गरी माग पुरा होस् भन्ने कामना गरे निजी क्षेत्रको संयुक्त सुझावहरु सुभाव पाउँदा खुसी मिलेको बताउँदै उनले यो सहयोगसिद्ध रहने अपेक्षा प्रकट गरे । यसबाहेक थप केही नबोली गभर्नर अधिकारीले आफ्नो मन्तव्य टुङ्‌याउँदा उनी कार्यकममा हाँसोका पात्र नै बने। गभर्नरले छोटो मन्तव्य दिएर आफ्नो औपचारिकता पुरा गरे तर अपेक्षा भने पुरा गर्न भने सकेनन ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको