Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई ऋण तिर्न राष्ट्र बैंकले ल्यायो संवादमूलक सूचना

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, ११ : २८ मा प्रकाशित

ऋणीलाई ऋण तिर्न राष्ट्र बैंकले ल्यायो संवादमूलक सूचना

बैंक तथा वित्तीय संस्थाबाट ऋण लई कतिपय ऋणीहरुले ऋण तिर्न छाडेपछि नेपाल राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न सुरु गरेको छ । आज (शुक्रबार) सूचना जारी गर्दै राष्ट्र बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न अनुरोध गरेको हो । राष्ट्र बैंकले संवादमूलक सूचनामार्फत ऋण तिर्न आग्रह गरेको छ । 

‘ल हेर त, मेरो त बैंकको ब्याज तिर्ने समय पनि आइसकेछ ! पैसा आफैलाई चाहिएको छ, अहिले नतिर्दा के होला र !’ संवादमा ऋणी पात्रले भनेको छ । प्रतिउत्तरमा ऋणीको साथीले उनलाई ऋण र ब्याज भूक्तान समयमा नै गर्न प्रेरित गर्दै भनेकी छिन्, ‘समयमै ब्याज नतिर्दा तिम्रो नाम कालोसूचीमा पर्छ । धितो पनि लिलामी हुन सक्छ’ अझ डर देखाउँदै ती व्यक्तिले थप भन्छिन्, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ । कर्जा लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व हो । कालोसूचीमा नाम प¥यो भने त व्यवसाय गर्न बैंकले ऋण पनि दिँदैन र खाता पनि खोल्न पाइँदैन ।’

बैंकहरुको खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंकले खराब कर्जा असुल गर्न नै सूचनामूलक सन्देश जारी गर्न थालेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको