नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल गर्न परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा उनी नयाँ दिल्ली पुगेका हुन्।
भ्रमणका क्रममा खनाल र जयशंकरबीच औपचारिक वार्ता हुने कार्यक्रम तय गरिएको छ। दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहकार्य, यातायात तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा विचार आदानप्रदान हुने बताइएको छ।
भारततर्फ प्रस्थान गर्नुअघि मन्त्री खनालले यस भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै नेपालको हितसँग सम्बन्धित विषयमा केन्द्रित छलफल हुने बताएका छन्। साथै, वर्तमान सरकारका प्राथमिकता र भावी सहकार्यका सम्भावनाबारे पनि भारतीय पक्षसँग संवाद हुने उनको भनाइ छ। परराष्ट्र मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भेटघाटको निरन्तरताका रूपमा रहेको यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।
यता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि आफ्नो पाँचदिने कार्यक्रम सम्पन्न गरी आज नेपाल फर्किने भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस