Like us!
Follow us!
Connect us!
Watch us!

बजार चलायमान बनाउन सेयर बजार र घरजग्गाका लागि पनि खुकुलो नीति आवश्यकः राजेश अग्रवाल

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १३ : ०३ मा प्रकाशित

बजार चलायमान बनाउन सेयर बजार र घरजग्गाका लागि पनि खुकुलो नीति आवश्यकः राजेश अग्रवाल

नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले बजार चलायमान बनाउनका लागि पक्कै पनि घरजग्गा र सेयर बजारका लागि केही हदसम्म खुकुलो नीति बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने,‘घरजग्गा, सेयर बजारलाई नियन्त्रण गर्नुअघि पनि त्यसको फाइदा मूल्यांकन गर्नु जरुरी हुन्छ । कर्जा बिस्तार बढाउँदा अनुत्पादक क्षेत्रमा जान्छ कि भन्ने चिन्ता हो भने बैंकहरुलाई निर्देशन दिएर काम गर्न सकिन्छ । घरजग्गा कारोबारमा ‘लोन टु भ्यालु’ रेसियो घटाइएको र कित्ताकाट पनि रोकिएको अवस्था छ भने सेयर कर्जाको हकमा पनि वेटेड रिस्क एभरेज बढाइएको छ । अहिले सहकारीमा समस्या आउनुमा पनि एउटा कारण यो पनि हो । बजार चलायमान बनाउनका लागि पक्कै पनि घरजग्गा र शेयर बजारका लागि पनि केही हदसम्म खुकुलो नीति बनाउनुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको