Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति अर्को साता आउने

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १२ : ४० मा प्रकाशित

मौद्रिक नीति अर्को साता आउने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्को साता ल्याउने भएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अर्को साता ल्याउने जानकारी दिएका हुन् ।

आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले मौद्रिक नीतिबारे छलफल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बैठकमा डाकेको थियो ।

सो बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा छलफल गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको