राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले लगभग एक क्वीन्टल सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको आरोप लगाएका छन् । आज (बिहीबार) राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएर समाचार आएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
सांसद भट्टराईले सुन तस्करीमा सरकारका उच्चपदस्थहरु नै संलग्न रहेको आरोप लगाउँदै निष्पक्ष छानबिन हुनेमा शंका व्यक्त गरे ।
शून्य समयमा बोल्दै उनले भने, ‘हाम्रो देशमा तस्करहरुले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् ? भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ । तर, पावरमा भएकाहरु जोडिँदा छानबिन भएको छैन । जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ । भर्खरै समातिएको करिब एक क्वीन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरु आएका छन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस