Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै गर्यो सेयर कारोबार रोक्का, स्पष्टीकरण पेश गर्न दियो निर्देशन

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १७ : ३२ मा प्रकाशित

नेप्सेले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै गर्यो सेयर कारोबार रोक्का, स्पष्टीकरण पेश गर्न दियो निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्स लिमिटेडमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरिदिएको छ। रोक्का गरेसँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन जारी गरेको छ । 

नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै सो कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। 

गत असार २७ गते बसेको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो। तर, कम्पनीले साउन ४ गतेमात्रै त्यसबारे नेप्सेमा सूचना पठाएको थियो। 

कुनैपनि संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने हुन्छ। तर, प्रभु इन्स्योरेन्स ढिला गरी नेप्सेमा निर्णयसम्बन्धी निर्णय पेस गरेको थियो। सो विषयलाई लिएर नेप्सेले सो कम्पनीलाई कारवाही गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको