प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयर प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो डेण्टल केयरबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा सबै उमेर समुहका ब्यतिmको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेण्टल केयरका प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नाराका साथ शक्तिशाली, मजबुद, प्रगतिशिल र विश्वसनीयताका साथ नयाँ उचाईमा रहेको प्रभु बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बैंकिङ र २७५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस