Like us!
Follow us!
Connect us!
Watch us!

अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठलाई पत्रकारको प्रश्नः सुन तस्करीको नाइके तपाईँ हो?

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १३ : ०७ मा प्रकाशित

अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठलाई पत्रकारको प्रश्नः सुन तस्करीको नाइके तपाईँ हो?

गृहमन्त्री नारायणकाजी श्रेष्ठले १०० किलो सुन प्रकरणमा आफ्नो नाम जोडिएको कारण भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न बताएका छन् । आज (शुक्रबार) त्रिभुवन विमानस्थल भन्सार कार्यालयको आकास्मिक अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

पत्रकारसँग उनले सङ्गठित ढंगले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न बताए।

सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने ‘तपाईँलाई लाग्यो ? त्यस कारण यो प्रश्नै होइन् । म चाँहि चुनौति दिन्छु । यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं । यसमा आम जनताको सर्मथन छ । सङ्गठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ । कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ । हामी विचलित हुनेवालै छैन् ।’

उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषीलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको