Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको वित्तीय विवरणको चिरफार : ४२.७१%ले कसरी बढ्यो नाफा ?

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, ०८ : ४१ मा प्रकाशित

निफ्राको वित्तीय विवरणको चिरफार : ४२.७१%ले कसरी बढ्यो नाफा ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गएको आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले बैंकको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार गर्दै गएको देखिन्छ। 

कस्तो छ  वित्तीय प्रदर्शन ?

खुद नाफा 

चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमायो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएकोे देखिन्छ।यो वर्ष झनै ४३ करोड बढी नाफा कमाएको छ निफ्राले, जुन तुलना गर्दा ४२।७१ प्रतिशतले बढेको हो। 

नाफा कसरी बढ्यो ?

निफ्राको नाफा बढ्नुमा कम्पनीको खुद ब्याज आम्दानी तथा  फि तथा कमिसन आम्दानी बढ्नु नै देखिन्छ। 

खुद ब्याज आम्दानी 
बैंकको खुद ब्याज आम्दानी पनि ४४।७५ प्रतिशतले बढेको देखिन्छ। यस वर्ष मात्रै कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।

फि तथा कमिसन 

फि तथा कमिसन आम्दानी बढेर २ करोड २७ लाख नाघेको छ । 

सञ्चालन मुनाफा

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४२।६८ बढेको छ। अघिल्लो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ रहेको मुनाफा अहिलेको समीक्षा अवधिसम्म बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। 

वितरण योग्य मुनाफा
असार मसान्तसम्ममा वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको छ।

रिजर्भ
निफ्राको रिजर्भ ३१.७१ प्रतिशतले बढेको छ। अहिले रिजर्भ मात्रै २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। 

प्रतिसेयर आम्दानी (ईपीएस) 
४.९५ रुपैयाँबाट बढेर ६.७६ रुपैयाँमा पुगेको छ 

पीई रेसियो 
३३।१६ गुणा 
 
प्रतिसेयर नेटवर्थ 
११०.५७ रुपैयाँ

चुक्ता पूँजी
२१ अर्ब ६० करोड रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको