नेपाल राष्ट्र बैंकले चालु आव २०८०/०८१ को मौद्रिक नीति वेबसाइटमार्फत् सार्वजनिक गर्ने भएको छ। मौद्रिक नीतिलाई अनित्म रुप दिन अहिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी छ। बैठक सकिएलगत्तै मौद्रिक नीतिक सार्वजनिक गरिने बताइएको छ। ३ बजे मौद्रिक नीतिबारे पत्रकार सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
केन्द्रीय बैंकलाई लचिलो नीति लिन अर्थमन्त्री डा. प्रकाश शरण महतले पटक पटक आग्रह गर्दै आएको बताएका छन् । अहिले व्यवसायीे ब्याजदर घटाउने गरी नीति आउला भन्ने अपेक्षा गरिरहेका छन्। तर, साउन लाग्दासम्म ब्याजदर केही घटेकाले राष्ट्र बैंक यसमा केन्द्रित नहुने पक्षमा देखिन्छ। अर्कोतर्फ चालु पुँजी कर्जामा गरेको कडाईले व्यवसायी अशान्त छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस