सेयर तथा वित्त विश्लेषक मुक्ति अर्यालले सर्सर्ती हेर्दा मौद्रिक नीति नराम्रो नरहेको बताएका छन् । राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'अहिले सर्सर्ती हेर्दाखेरी मनीटरी पोलिसी नराम्रो चाहीँ छैन । अझ मार्केटले खोजेको जस्तो चाहीँ आएको छैन । तर त्यती नराम्रो आएको छैन । अहिले चाहीँ मोटामोटी नीतिहरू मात्रै आएको छ । हरेक कुराहरू क्लियर्ली डिफाइन भएर आको छैन । अब पछि निर्देशिका आएपछि यो कुराहरू स्पष्टसँग डिफाइन गरिन्छ त्यसैले म चाहीँ निर्देशिका कुरिरहेको छु ।'
सेयर धितो कर्जाको जोखिम भार घटाउने कुरा सकारात्मक रहेको उनले बताए । 'यद्यपी १५० प्रतिशतलाई घटाएर कति पुर्याउने अहिले हामीलाई थाहा छैन । यसलाई हामीले पर्खनुपर्छ । तर मोटामोटी हेर्दा मनीटरी पोलिसी इज नट ब्याड । अहिले नै यसलाई राम्रो नराम्रो भन्ने अवस्था त छैन तर सर्सर्ती हेर्दा चाहीँ नीति नराम्रो छैन ।', उनले भने ।
अहिलेको मौद्रिक नीतिमा पोजेटिभ हुन सकिने तर एकदमै हाईली पोजेटिभ भएर उत्तर दिने अवस्था चाहीँ नरहेको उनी बताउँछन् । माइक्रो सेक्टर र ॠणीहरूलाई पनि अहिलेको मौद्रिक नीति सकारात्मक रहेको उनकाे विश्लेषण छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस