Like us!
Follow us!
Connect us!
Watch us!

कन्फ्युज नहुनुस्, सबै प्रकारका कर्जाको जोखिमभार घट्दैन : गभर्नर

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १६ : ५४ मा प्रकाशित

कन्फ्युज नहुनुस्, सबै प्रकारका कर्जाको जोखिमभार घट्दैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै साइजका कर्जाको जोखिम भार नघट्ने स्पष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले सबै साइजका कर्जाको जोखिमभार नघट्ने बताए । 

"टेन्टेटिभ आईडिया आईसकेको छ, कोही कन्फ्युजन नहुनु होला । २५ लाखको थ्रेसहोल्डलाई ५० लाख पुर्याउन लागेका हौँ । सबै प्रकारका कर्जाको जोखिभभार घट्दैन । हामी स्पष्ट छौँ, बोर्डमा छलफल गरेर नै यो निर्णय गरिएको हो ।", पत्रकार सम्मेलनमा बाेल्दै उनले भने । 

सेयर धितो कर्जाको हकमा ५० लाखसम्मको ऋण लिनेको जोखिमभार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा सीमित गर्न खोजिएको उनले स्पष्ट पारेका छन् । यसअघि २५ लाखसम्मको कर्जाको जोखिमभार १०० प्रतिशत थियो भने त्यसभन्दा माथिको कर्जाको जोखिमभार १५० प्रतिशत रहेको थियो । अब भने ५० लाखसम्मको जोखिमभार १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको गभर्नरको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको