Like us!
Follow us!
Connect us!
Watch us!

पिजफायर रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १६ : ४८ मा प्रकाशित

पिजफायर रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतलीसडकस्थित पिजफायर रेष्टुरेन्टकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबार बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र पिजफायर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

प्रभु बैंक र उक्त रेष्टुरेन्टबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिजफायर रेष्टुरेन्ट द्धारा प्रदान गरिने “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत पिजफाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिजफाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान  गरिने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको