Like us!
Follow us!
Connect us!
Watch us!

"अहिलेको मौद्रिक नीतिमा पुँजीबजारको लागी एउटा मात्र पनि नराम्रो बुँदा आएको भए जानकारी पाउ त "

अर्थ संसार

बुधबार, १० साउन २०८०, ०९ : १९ मा प्रकाशित

"अहिलेको मौद्रिक नीतिमा पुँजीबजारको लागी एउटा मात्र पनि नराम्रो बुँदा आएको भए जानकारी पाउ त "

अहिलेको मौद्रिक नीतिमा पुँजी बजारको लागी एउटा मात्र पनि नराम्रो बुँदा आएको भए जानकारी पाउ त । लगानीकर्ताहरुलाई अनावश्यक भ्रम छर्ने गरि बजार नै प्यानिक बनायो अहिलेको नीतिले भन्ने खालको कुरा कसैले नि नगरौ।

पहिले जति अप्ठेरो थियो त्यो भन्दा धेरै सहज बनाउने र राम्रो अहिलेको मौद्रिक नीति रहेकोछ । पुँजी बजारका लागि नराम्रो जति आउनु थियो पहिले आइसक्यो अहिले नकारात्मक केही आएको छैन बरु राम्रा केही मुख्य  बुँदाहरु अहिलेको मौद्रिक नीतिका तपसिल अनुसार रहेका छन :

१) पहिले २५ लाख सम्मलाई मात्र रहेको १०० रिस्कवेटेज को नीति अब ५० लाख सम्मको सेयर कर्जालाई लागू हुदैछ जस्ले लाखौ लगानीकर्ता लाभन्वित हुनेछन ।

२) चालू पुजि कर्जा सम्बन्धी मार्गनिर्देशन पुनरावलोकन गर्ने ।

३) नितिगत दरलाई घटाएर ६.५% बनाउने ।

हामीले के बुझौ भने पहिले अत्यन्तै कडा रहेर मुठ्ठी कसेको नेपाल राष्ट्र बैंक बिस्तारै मुठ्ठी खोल्न तयार देखिदैछ । तरलता र वैदेशिक डलर संचितिमा हामी निकै सहज अवस्थामा छौ भविष्यमा अझ ब्याजदर घट्दै जाने देखिन्छ । अहिले पनि बैंकहरुसग करिब ४ खर्ब रुपैयाँ लगानी योग्य रकम रहेको छ । स्वार्थ अनुकुल अत्याउने र मत्याउनेहरु बाट जोगिदै आफ्नो बिवेक प्रयोग गरि लगानी गरौ। 

लगानीकर्ता रोहन कार्कीको विचार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको