Like us!
Follow us!
Connect us!
Watch us!

२२ वर्षयताकै उच्च विन्दुमा पुग्याे अमेरिकाकाे ब्याजदर, अझै बढ्ने संकेत

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १३ : ४८ मा प्रकाशित

२२ वर्षयताकै उच्च विन्दुमा पुग्याे अमेरिकाकाे ब्याजदर, अझै बढ्ने संकेत

अमेरिकाकाे ब्याजदर २२ वर्ष यताकै उच्च विन्दुमा पुगेकाे छ । अमेरिकी केन्द्रीय बैंकिङ प्रणाली ‘फेडरल रिजर्भ’ ले फेरि ब्याजदर बढाउने घाेषणा गरेसँगै अमेरिकाकाे ब्याजदर २२ वर्ष यताकै उच्च विन्दुमा पुगेकाे हाे ।

फेडकाे हिजाे (साउन १० गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले अमेरिकाकाे ब्याजदर ०.२५ प्रतिशतले बढाएकाे हाे । जस अनुसार नयाँ ब्याजदर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशत कायम भएकाे छ । 

 आगामी दिनमा ब्याजदर अझै बढ्न सक्ने अध्यक्ष जेरोम पावेलले जनाएका छन् । मुद्रास्फीतिको चाप कायमै रहेको फेडले पछिल्लाे समय निरन्तर ब्याज बढाइरहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको