Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणः ठमेलस्थित होटल भियनामा प्रहरीको छापा, सञ्चालक दावा छिरिङ पक्राउ

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १२ : ३७ मा प्रकाशित

सुन तस्करी प्रकरणः ठमेलस्थित होटल भियनामा प्रहरीको छापा, सञ्चालक दावा छिरिङ पक्राउ

केहिदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

उक्त प्रकरणमा कनेक्शन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित् होटल भियनामा छापा मारेर उक्त होटलको सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्।

विभागको टोलीले आज (आइतबार) बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको बताइएको छ। छिरिङ पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको