Like us!
Follow us!
Connect us!
Watch us!

सीआईबीले थाल्यो सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १६ : १६ मा प्रकाशित

सीआईबीले थाल्यो सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान

राजस्व अनुसन्धान विभागले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरीलाई बुझाएको छ । प्रकरणको अनुसन्धान फाइल प्रहरीलाई बुझाएसँगै प्रहरी सक्रिय भएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यो प्रकरणको अनुसन्धान थालेको हो । सीआईबीले उक्त प्रकरण छानिबनका लागि एसपी सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृतसमेत तोकेर अनुसन्धान अगाडि बढाएको छ । 

३ साउनमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भइसकेको अवस्थामा विमानस्थल बाहिरबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरेको थियो । 

राजस्वले करिब १५ दिनसम्म यो प्रकणको आफैँ अनुसन्धान गरेको थियो । त्यस क्रममा १९ जना पक्राउ परेका थिए भने काठमाडौंका विभिन्न स्थानमा छापा मारिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको