Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक सीआइबीको फन्दामा

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, ११ : १७ मा प्रकाशित

सुन तस्करी प्रकरणः थप दुई चिनियाँ नागरिक सीआइबीको फन्दामा

एक क्विन्टल सुन तस्करी प्रक्ररणमा नेपाल पुलिसको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई सीआईबीले हिजो (बिहिबार) राती पक्राउ गरेको हो । उनीहरु नेपालबाट चीन भाग्न लागेको बेला उनीहरुलाई सीआईबी पक्राउ गरेको हो । 

हिमालयन एयरलाइन्सको विमानबाट चीनको कुनमिंगका लागि इमीग्रेशन विभाग पुगेको जानकारी प्राप्त हुनासाथ सीआईबी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । उनीहरुसहित यस प्रकरण अहिलेसम्म पाँच चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । हिजो पक्राउ पर्नेमा चीनका ली जीयालीन र लुफुयान रहेका छन् ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको