Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको नीति तथा कार्यक्रम: दोस्रो बजारमा एनआरएनका लागि लगानी खुला गर्न कानुनहरुमा आवश्यक संशोधन गरिने

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १७ : ५९ मा प्रकाशित

सेबोनको नीति तथा कार्यक्रम: दोस्रो बजारमा एनआरएनका लागि लगानी खुला गर्न कानुनहरुमा आवश्यक संशोधन गरिने

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज आइतबार सेबोनले आफ्नो वेबसाइटमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

बोर्डले आर्थिक वर्ष २०८०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक तथा नियमित गरी दुई भागमा विभाजन गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०८०–८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। साथै, बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको