Like us!
Follow us!
Connect us!
Watch us!

सुन तस्करी प्रकरणका कारण संसद्ले विजनेश दिन सकेन, एक साताका लागि बैठक स्थगित

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १५ : ५१ मा प्रकाशित

सुन तस्करी प्रकरणका कारण संसद्ले विजनेश दिन सकेन, एक साताका लागि बैठक स्थगित

प्रतिनिधिसभाको आज (मंगलबार)को लागि बोलाईएको बैठक बस्दै नबसी स्थगित् भएको छ । संघीय संसद् सचिवालयले अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग राखेको छ । तर, सरकारले भने कुनैपनि हालतमा संसदीय समिति गठन नगर्ने अडान लिएको छ ।

एमालेले निरन्तर आफ्नो अडानबाट पछि नहट्ने रणनीति लिएपछि बैठक प्रभावित भइरहेको थियो भने सत्तारुढ दल माओवादी केन्द्रको भोलिबाट केन्द्रीय समितिको बैठक बस्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि सभामुख देवराज घिमिरेले बैठक अर्को सोमबारसम्म स्थगित गरेको बताइएको छ ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको