Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित

अर्थ संसार

बुधबार, १३ असार २०८०, १६ : ५० मा प्रकाशित

प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले पेश गरेको 'विनियोजन विधेयक' बजेट प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको छ।  आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले मत विभाजनको माग गरेपछि मतदान भएको थियो । 

बुधबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गरेका थिए।

आजको संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक सय ४७ मत परेको थियो भने विपक्षमा एक सय आठ मत परेको थियो । यसर्थ अगामी आर्थिक वर्ष २०८०/०८१ बजेट बहुमतले पारित भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको