Like us!
Follow us!
Connect us!
Watch us!

छुटला है ! नेशनल हाइड्रोपावरको हकप्रद आज बन्द हुदैँ

अर्थ संसार

विहीबार, १८ साउन २०८०, ०८ : ४६ मा प्रकाशित

छुटला है ! नेशनल हाइड्रोपावरको हकप्रद आज बन्द हुदैँ

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको खुला रहेको हकप्रद आज  बन्द हुदैँछ ।  यस जलविद्युत कम्पनीले असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न प्रस्तावलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको  थियो सोहि अनुसार हकप्रद जारी भएको हो। 

कम्पनीका अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

क-कसले दिन पाउँछन् आवेदन ?

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। जस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिलेसम्म दिने आवेदन ?

हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेडले गरेको छ । 

कहाँबाट दिने आवेदन ?
 हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन ।

 रेटिङ
 इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हकप्रद किन ?
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीमा ७.५ मेगावाटको ईन्द्रावती ३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

सोहि नदीमा ४.५ मेगावाटको तल्लो ईन्द्रावती जलविद्युत आयोजनाको इजाजत पत्र लिई निर्माण कार्य अघि बढाइएको छ। भोजपुर जिल्लामा १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम सेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत २०७८ साल देखि काम भइरहेको छ।​

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको