Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सका ग्राहकहरुले होटल ठमेल पार्कमा डिजीटल माध्यमबाट भुक्तानी गर्दा २०% सम्मको छुट पाउने

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १६ : २७ मा प्रकाशित

समृद्धि फाइनान्सका ग्राहकहरुले होटल ठमेल पार्कमा डिजीटल माध्यमबाट भुक्तानी गर्दा २०% सम्मको छुट पाउने

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच सम्झौता भएको छ । समृद्धि फाइनान्स र र होटल ठमेल पार्कबीच आज (शुक्रबार) सम्झौता भएको हो ।

यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको छुट प्राप्त गर्ने छन् । 

त्यस्तै उक्त होटलमा स्पामा २०%, फुड, वेभरेज तथा कोठामा १५% छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालज्यूले हस्ताक्षर गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको