Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे कारबाहीमा परे ३ वटा वाणिज्य बैंक

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १४ : २८ मा प्रकाशित

राष्ट्र बैंककाे कारबाहीमा परे ३ वटा वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले चाैथाे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएकोलाई कारबाही गरेको जानकारी दिएकाे छ । 

राष्ट्र बैंककाे कारबाहीमा पर्ने वाणिज्य बैंकहरूमा कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेका छन् । राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडलाई सचेत मात्रै गराएको छ । अन्य २ बैंकलाई भने जरिवाना तिराएको छ । 

राष्ट्र बैंकले वि.सं. २०७९ साल माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकाे भन्दै कुमारी बैंक लिमिटेडलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ २२ पैसा जरिवाना तिराएकाे छ । यता वि.सं. २०७९ साल कार्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना तिराएको छ। 

त्यसैगरी,  राष्ट्र बैंकले राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९, को निर्देशन नं. २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, Capital Adequacy Framework, 2015 अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ. प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई व्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम प्राइम बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको