Like us!
Follow us!
Connect us!
Watch us!

दिल्ली जाँदै गरेको भारतीय युवक साढे पाँच लाख भारतीय रुपैयाँसहित एयरपोर्टबाट पक्राउ

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १३ : २९ मा प्रकाशित

दिल्ली जाँदै गरेको भारतीय युवक साढे पाँच लाख भारतीय रुपैयाँसहित एयरपोर्टबाट पक्राउ

भारतको राजधानी दिल्ली जाँदै गरेको भारतीय युवक साढे पाँच लाख भारतीय रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट पक्राउ परेका छन् । इन्डिगो एयरलाइन्सको फ्लाइट नम्बर ६ ई ११५४ बाट काठमाडौँदेखि दिल्ली जाने क्रममा उनलाई हिजो (सोमबार) प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम हिन्दूस्थान समाचारले लेखेको छ । 

प्रहरी अनुसार दिल्ली जाने क्रममा उनको ह्याण्डब्याग चेक हुँदा सो रकम फेला परेको हो । पक्राउ पर्नेमा दिल्लीका निवासी वरुणेश चन्द्र हुन् । उनको पासपोर्ट नम्बर जेड ६२३१८३४ रहेको सञ्चारमाध्यमले लेखेको छ । 

यात्रा गर्ने समयमा २५ हजार भन्दा बढी रुपैयाँ राख्न नपाइने व्यवस्था छ । यति मात्र होइन् नेपालमा ५०० र १००० को भारतीय नोट खासै प्रचलनमा छैन् । ती युवकसँग ५०० र १००० को भारतीय नोट मात्र भेटिएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवकसँग सो पैसाको स्रोत नभएको कारण उनलाई गिरफ्तार गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको